विश्वभर कोरोना संक्रमितको संख्या ५४ लाख नाघ्यो
हेल्थ टिभी अनलाइन\काठमाडौं : विश्वभर कोरोना संक्रमित हुनेहरुको संख्या ५४ लाख नाघेको छ। वर्ल्डोमीटरका अनुसार सोमबार बिहानसम्म ५४ लाख ९८ हजार ५७७ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ६८८ रहेको छ ।
चीनबाट शुरु भएको भए पनि कोरोनाको बढी मारमा अमेरिका परेको छ । अमेरिकामा मात्रै झण्डै एक लाख मानिसको मृत्यु भएको पाइएको छ । अमेरिकामा ९९ हजार ३ सय जनाको कोरोनाको कारण ज्यान गएको छ । यसैगरी संक्रमित हुनेको संख्या १६ लाख ८६ हजार ४३६ जना रहेको छ ।
यसैगरी बेलायतमा ६ हजार ८ सय ७५, इटालीमा ३२ हजार ७ सय ८५, स्पेनमा २८ हजार ७ सय ५२ जनाको मृत्यु भइसकेको छ। ब्राजिलमा ३ लाख ६३ हजार २ सय ११, रुसमा ३ लाख ४४ हजार ४ सय ८१, बेलायतमा २ लाख ६० हजार ९ सय १६, स्पेनमा २ लाख ३५ हजार ७ सय २२, इटालीमा २ लाख २९ हजार ८ सय ५८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
विश्वभर हालसम्म २३ लाख २ हजार ४ जना कोरोना जितेर घर फर्केका छन्। भारतमा १ लाख ३१ हजार ८६८ जनामा कोरोना पुष्टि भएको छ भने ३ हजार ८६७ जनाको मृत्यु भएको छ । नेपालमा पनि आइतबारसम्म संक्रमितको संख्या ६ सय ३ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म ३ रहेको छ ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य