भारतमा कोरोना संक्रमित आमाले जन्माइन् स्वस्थ जुम्ल्याहा बच्चा
हेल्थ टिभी अनलाइन : भारतको मध्यप्रदेशमा एक कोरोना संक्रमित आमाले स्वस्थ जुम्ल्याहा बच्चा जन्माएकी छिन्।
मध्येप्रदेशको एक अस्पतालमा उनले शनिबार बिहान बचालाई जन्म दिएकी हुन्। अस्पतालका अनुसार आमा कोरोना संक्रमित भए पनि दुबै बच्चाहरु स्वस्थ रहेका छन्। उनको नर्मल डेलिवरी भएको पनि अस्पतालले जनाएको छ । बच्चा जन्मिनासाथ उनीहरुको पनि कोरोना परीक्षण गरिएको थियो । तर उनीहरुको नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
मध्यप्रदेश भारतको कोरोना प्रभावित क्षेत्रभित्र पर्छ । हालसम्म त्यहाँ ६ हजार बढी संक्रमित फेला परिसकेका छन् भने २५० जनाको ज्यान गइसकेको बताइएको छ । भारतमा हालसम्म १ लाख २५ हजार बढीमा संक्रमण देखिएको छ भने ३ हजार ७ सय बढीले ज्यान गुमाएका छन्। कोरोना नियन्त्रणका लागि भारत सरकारले दुई महिनादेखि लकडाउन जारी राखेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण