Health TV Online
Health TV Online

भारतमा कोरोना संक्रमित आमाले जन्माइन् स्वस्थ जुम्ल्याहा बच्चा

भारतमा कोरोना संक्रमित आमाले जन्माइन् स्वस्थ जुम्ल्याहा बच्चा

हेल्थ टिभी अनलाइन : भारतको मध्यप्रदेशमा एक कोरोना संक्रमित आमाले स्वस्थ जुम्ल्याहा बच्चा जन्माएकी छिन्।

मध्येप्रदेशको एक अस्पतालमा उनले शनिबार बिहान बचालाई जन्म दिएकी हुन्। अस्पतालका अनुसार आमा कोरोना संक्रमित भए पनि दुबै बच्चाहरु स्वस्थ रहेका छन्। उनको नर्मल डेलिवरी भएको पनि अस्पतालले जनाएको छ । बच्चा जन्मिनासाथ उनीहरुको पनि कोरोना परीक्षण गरिएको थियो । तर उनीहरुको नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

मध्यप्रदेश भारतको कोरोना प्रभावित क्षेत्रभित्र पर्छ । हालसम्म त्यहाँ ६ हजार बढी संक्रमित फेला परिसकेका छन् भने २५० जनाको ज्यान गइसकेको बताइएको छ । भारतमा हालसम्म १ लाख २५ हजार बढीमा संक्रमण देखिएको छ भने ३ हजार ७ सय बढीले ज्यान गुमाएका छन्। कोरोना नियन्त्रणका लागि भारत सरकारले दुई महिनादेखि लकडाउन जारी राखेको छ ।

थप समाचार