दिल्लीमा चिकित्सकसहित ४ सय बढी स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ
हेल्थ टिभी अनलाइन: भारतको राजधानी दिल्लीमा मात्रै ४ सय बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनीहरु कोरोना संक्रमितको उपचारमा संलग्न रहेको बताइएको छ ।
दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले ४ सय बढी स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको बताएका हुन्। उनले बुधबार भएको पत्रकार सम्मेलनमा दिल्लीका विभिन्न अस्पतालमा काम गर्ने चिकित्सकसहित ४ सय बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको बताए । भारतमा महाराष्ट्रपछि दिल्लीमा बढी संक्रमित देखिएका छन्।
हालसम्म भारतमा ७८ हजार तीन जनामा कोरोना पुष्टि भएको छ । दिल्लीमा मात्रै ७ हजार ९९८ जनामा संक्रमण देखिएको छ । गत २४ घण्टामा दिल्लीमा ३५९ जनामा कोरोना संंक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाको कारण २५ सय ४९ जनाको मृत्यु भएको जनाइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण