भारतमा कोरोना संक्रमितको संख्या ६० हजार नजिक
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमतिको संख्या ६० हजार नजिक पुगेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म त्यहा कोरोना संक्रमितको संख्या ५९ हजार ६ सय ६२ पुगेको छ ।
यसैगरी मृत्यु हुनेको संख्या नै १ हजार ९ सय ८१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ९५ जनाले ज्यान गुमाएका छन् भने झण्डै ३५ सय नयाँ संक्रमित थपिएका छन्। यसैगरी हालसम्म १७ हजार ८ सय ४७ जना उपचारपछि निको भएर घर फर्केका छन्।
सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ । महाराष्ट्रमा मात्रै ७४१ जनाले ज्यान गुमाएका छन्। भारत सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि डेढ महिनालदेखि लकडाउन जारी राखेको छ । यद्यपी कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । पछिल्लो एक सातादेखि भारतमा कोरोना संक्रमितको संख्यामा तीब्र रुपमा वृद्धि भइरहेको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड