Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्वभर कोरोना संक्रमितको संख्या ३८ लाख २१ हजार नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या ३८ लाख २१ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  विश्वभर कोरोना भाइरसको संक्रमणका कारण २ लाख ६६ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन्।  यसैगरी वर्ल्डो मिटर्स डट इन्फोका अनुसार संक्रमितको संख्या ३८ लाख २१ हजार नाघेको छ ।

कोरोनाको सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ हजार २ सय नाघेको छ । अहिलेसम्म अमेरिकामा १२ लाख ३८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । बेलायतमा कोरोनाको कारण ३० हजार ७६ जनाको ज्यान गएको छ । कोरोना संक्रमितको संख्या २० लाख बढीमा देखिएको छ। इटलीमा २९ हजार ३ सय, स्पेनमा २५ हजार ८ सय, फ्रान्समा २५ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ । ब्राजिलमा ८ हजार ५ सय ८८ जना, इरानमा ६ हजार ४ सय १८ जनाको ज्यान गएको छ ।

त्यस्तै भारतमा ५२ हजार ९८७ संक्रमित भएका छन् मृत्यु हुनेको संख्या १ हजार ७ सय ८५ पुगेको छ । पाकिस्तानमा संक्रमितको संख्या २२ हजार ५ सय नाघेको छ भने ५ सय २६ जनाले ज्यान गुमाइसकेका छन् । यसैगरी विश्वभर १३ लाख १ हजार ७२५ संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म संक्रमितको संख्या ९९ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन