Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दिल्लीमा एकै बिल्डिङमा बस्ने ४१ जनामा कोरोना संक्रमण

दिल्लीमा एकै बिल्डिङमा बस्ने ४१ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं: भारतको दिल्लीमा एकै बिल्डिङमा बस्ने ४१ जनामा कोरोना संक्रमण पाइएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार दिल्लीको कापसहेड़ामा रहेको एक बिल्डिङमा बस्ने ४१ जनामा कारोना पोजेटिभ पाइएको हो । शुरुमा सो बिल्डिङमा बस्ने एक जनामा ज्वरो आउने, खोकी लाग्ने भएपछि १८ अप्रिलमा कोरोना परीक्षण गरिएको थियो । उनमा कोरोना पोजेटिभ पाइएपछि सो बिल्डिङका ६७ जनको नमुना संकलन गरी परीक्षण गरिएकोमा ४१ जनामा कोरोना पोजेटिभ पाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

४१ जनामा कोरोना संक्रमण देखिएपछि सो बिल्डिङ र वरिपरीका क्षेत्र सिल गरिएको बताइएको छ । भारतमा हालसम्म ३७ हजार ७ सय ७६ जनामा कोरोना पुष्टि भइसकेको छ । यसैगरी १ हजार २ सय २३ जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन