Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । हालसम्म भारतमा २४ हजार बढी मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार २४ हजार ५ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यसैगरी ७७५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

यहीविच उता ५ हजार ६३ जनाले भने भाइरसलाई जितेर घर फर्किसकेका छन्। भारतमा सबैभन्दा बडी महाराष्ट्र प्रभावित बनेको छ । त्यसपछि दिल्लीमा धेरै संक्रमित भएका छन्।  भारत सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि एक महिना अघि देखि लकडाउन गरेको छ । लकडाउनको समय ३ मे सम्म जारी हुने भए पनि यसको समय बढाउने मुडमा सरकार रहेको स्वास्थ्य अधिकारीले बताएका छन्।

लकडाउनकाबीच सरकारले आजदेखि केही पसलहरु खोल्न दिने निर्णय गरेको छ ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि