भारतमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । हालसम्म भारतमा २४ हजार बढी मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार २४ हजार ५ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यसैगरी ७७५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।
यहीविच उता ५ हजार ६३ जनाले भने भाइरसलाई जितेर घर फर्किसकेका छन्। भारतमा सबैभन्दा बडी महाराष्ट्र प्रभावित बनेको छ । त्यसपछि दिल्लीमा धेरै संक्रमित भएका छन्। भारत सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि एक महिना अघि देखि लकडाउन गरेको छ । लकडाउनको समय ३ मे सम्म जारी हुने भए पनि यसको समय बढाउने मुडमा सरकार रहेको स्वास्थ्य अधिकारीले बताएका छन्।
लकडाउनकाबीच सरकारले आजदेखि केही पसलहरु खोल्न दिने निर्णय गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण