कोरोना संक्रमणका कारण बंगलादेशमा एक चिकित्सकको मृत्यु
५४ जना चिकित्सक संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : बंंगलादेशमा कोरोना संक्रमणका कारण एक जना चिकित्सकको मृत्यु भएको छ।
बंगलादेशको सिलेटस्थित म्याग ओस्मानी मेडिकल कलेजका अस्सिटेन्ट प्रोफेसरको आज बिहान ६ बजे मृत्यु भएको बताइएको छ । बंगलादेशको स्थानीय पत्रिका द डेली स्टारका अनुसार बंगलादेशमा कोरोनाका कारण चिकित्सकको मृत्यु भएको यो पहिलो घटना हो ।
उनलाई बिरामीबाट कोरोना सरेको बताइएको छ । उनलाई रुघाखोकी र ज्वरो आएपछि अप्रिल ४ मा परीक्ष्ण गरिएको थियो । अप्रिल ५ मा उनमा कोरोना पोजेटिभ देखिएपछि सहिद सम्सुदिन अहमद अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
अवस्था बिग्रदै गएपछि आइसीयूमा राखिएको र आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । बंगलादेशमा सय जना भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको बताइएको छ । त्यसमा ५४ जना चिकित्सक रहेका छन्। मृत्यु हुने चिकित्सकका परिवार र उनको सम्पर्कमा आएका १६ जनाको नमुना परीक्षण गरिएको तर कसैमा पनि कोरोना पोजेटिभ नदेखिएको द डेली स्टारले जनाएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य