भारतमा एकैदिन ५०८ जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा कोरोना भाइरसको संक्रमितको संख्या मंगलबारसम्म ४ हजार ७ सय ८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै १३ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी ५०८ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म १ सय २४ जनाको मृत्यु भइसकेको छ भने संक्रमितमध्ये ३ सय २५ जना निको भएर घर फर्किसकेका छन्।
महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। महाराष्ट्रमा मात्रै १ हजार कोरोना संक्रमित पाइएका हुन्। त्यसैगरी महाराष्ट्रमा मात्रै ६४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना रोकथामका लागि भारत सरकारले तीन साताका लागि लकडाउन गरेको छ ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान