भारतमा एकैदिन ५०८ जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा कोरोना भाइरसको संक्रमितको संख्या मंगलबारसम्म ४ हजार ७ सय ८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै १३ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी ५०८ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म १ सय २४ जनाको मृत्यु भइसकेको छ भने संक्रमितमध्ये ३ सय २५ जना निको भएर घर फर्किसकेका छन्।
महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। महाराष्ट्रमा मात्रै १ हजार कोरोना संक्रमित पाइएका हुन्। त्यसैगरी महाराष्ट्रमा मात्रै ६४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना रोकथामका लागि भारत सरकारले तीन साताका लागि लकडाउन गरेको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड