विश्व स्वास्थ्य संगठनद्वारा कोरोनालाई महामारी घोषणा
जेनेभा: विश्व स्वास्थ्य संगठनले विश्वभर फैलिंदै गएको कोरोना भाइरसको संक्रमणलाई विश्व महामारी घोषणा गरेको छ।
बुधबार विश्व स्वास्थ्य संगठनले जेनेभास्थित कार्यालयमा पत्रकार सम्मेलन गरी विश्व महामारी घोषणा गरेको हो। पत्रकार सम्मेलनमा संगठनका प्रमुख डा टेड्रोसले विगत २ सातायता चीनबाहिर कोरोनाको संक्रमण १३ गुणा बढेको भन्दै महामारी घोषणा गर्न बाध्य भएको बताएका थिए ।
उनले हालसम्म कोरोना भाइरसका कारण ४ हजार बढीको ज्यान गएको र १ लाख १८ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका पनि जानकारी गराएका थिए । उनले हरेक देशले कोरोना भाइरससँग लड्न आफ्नै रणनिती बनाउनपर्नेमा जोड दिएका थिए । उनले कोरोना हालसम्म ११४ देशमा फैलिसकेको पनि जानकारी दिएका थिए ।
यसअघि नै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको लागि उच्च जोखिम भएको देश घोषणा गरेको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण