Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मिर्गौला दान गर्न महिला सधैँ अगाडि, प्रधानमन्त्रीलाई दोस्रोपटक पनि महिलाले नै मिर्गौला दिँदै

मिर्गौला दान गर्न महिला सधैँ अगाडि, प्रधानमन्त्रीलाई दोस्रोपटक पनि महिलाले नै मिर्गौला दिँदै

हेल्थ टिभी अनलाइन/ काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओली बुधवार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदैछन्। १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौला काम नलाग्ने भएपछि अहिले उनलाई भाञ्जी नाता पर्ने एक महिलाले मिर्गौला दिन लागेको बताइएको छ। यसअघि पनि ओलीलाई नातामा बुहारी पर्ने अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्।

प्रधानमन्त्री ओलीलाई मात्र होइन नेपालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका हेमराज श्रेष्ठलाई पनि उनकी श्रीमती ज्ञानीमैयाँले मिर्गौला दान गरेकी थिइन्।

नेपालमा आफन्तलाई मिर्गौला आवश्यक परे दान गर्न महिला नै अघि देखिएका छन्। तर उनीहरूलाई आवश्यक पर्दा भने पुरुषहरूबाट सहजै मिर्गौला पाउन निकै मुश्किल छ।

एक तथ्याकं अनुसार नेपालमा ७० देखि ७५ प्रतिशत मिर्गौला दाता महिला छन्। यो संख्या ५, ६ वर्ष अघिसम्म ८० प्रतिशत थियो।

नेपालको मिर्गौला प्रत्यारोपणसम्बन्धी कानुनले महिलालाई आवश्यक पर्दा मिर्गौला नपाउने स्थितिलाई कम गर्न मृत्युपछि हुने अंगदानमा आउने मिर्गौलामा महिलालाई प्राथमिकता दिने व्यवस्था छ ।

प्रधानमन्त्री ओलीलाई मात्र होइन नेपालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका हेमराज श्रेष्ठलाई पनि उनकी श्रीमती ज्ञानीमैयाँले मिर्गौला दान गरेकी थिइन्। नेपालमा आफन्तलाई मिर्गौला आवश्यक परे दान गर्न महिला नै अघि देखिएका छन्। तर उनीहरूलाई आवश्यक पर्दा भने पुरुषहरूबाट सहजै मिर्गौला पाउन निकै मुश्किल छ। एक तथ्याकं अनुसार नेपालमा ७० देखि ७५ प्रतिशत मिर्गौला दाता महिला छन्। यो संख्या ५, ६ वर्ष अघिसम्म ८० प्रतिशत थियो।

यो कानुनअनुसार महिलाको हकमा ३ अंक पाउँछन् भने पुरुषले १ अंक मात्र पाउने व्यवस्था छ। तर मृत्युपश्चात गरिने अंगदानमा नेपालले खासै सफलता पाउन सकेको छैन।

‘बाहिर हिँड्नुपर्छ’, ‘काम गरी ख्वाउनुपर्छ’ जस्ता परम्परागत सोचका कारण पुरुष अगाडि बढ्न हिच्किचाउने मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. पुकार श्रेष्ठको बुझाइ छ। ‘अहिले सोचमा अलिकति परिवर्तन आएको हो कि भन्ने लाग्छ’, उनी भन्छन्, ‘तर अझै पनि अस्पतालमा आउने अधिकांश पुरुषलाई मिर्गौला दान गर्न विवाहित भए श्रीमती अविवाहित भए आमा–दिदी र बाबुलाई  छोरी नै अघि सर्ने गरेको देखिन्छ।’

नेपालको अंग प्रत्यारोपणसम्बन्धी कानुनबमोजिम नजिकका आफन्तले मात्र मिर्गौला दान गर्न मिल्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार