इटलीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार सय पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: इटलीमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको बताइएको छ। युरोपेली मुलुकमध्ये इटली चीनबाट फैलिन सुरु भएको यो भाइरसको सबैभन्दा बढी प्रभाव परेको राष्ट्र हो।
इटलीमा फेला परेका कोरोनाभाइरसका नयाँ घटनाबारे विभिन्न युरोपेली राष्ट्रहरूले घोषणा गरेका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार चीनबाहिर पहिलो पटक कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ। गत डिसेम्बरमा देखापरेको भाइरसबाट हालसम्म ३४ राष्ट्रका ८० हजार जनाभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन्। त्यसमा सबैभन्दा बढी चिनियाँ नागरिक छन्।
कोभिड-१९ नाम दिइएको उक्त भाइरसले हालसम्म दुई हजार ७ सयभन्दा बढीको ज्यान लिइसकेको छ। मङ्गलवार रातिसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३२० रहेको इटलीमा त्यो सङ्ख्या बढेर चार सय पुगेको बुधवार अधिकारीहरूले बताएका छन्।
इटलीको उत्तरी भेगमा पर्ने मिलान नजिकै रहेको लोम्बार्डी र भेनिसनजिक रहेको भेनेटोमा उक्त भाइरसको प्रभाव बढी छ। कोरोनाभाइरसको प्रकोपले इटलीमा हालसम्म १२ जनाको ज्यान लिएको छ।
बीबीसीबाट





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण