नोबेल कोरोना भाइरसको नाम ‘कोभिड -१९’
काठमाडौं : विश्वलाई नै त्रसित बनाइरहेको नोबेल कोरोना भाइरसको आधिकारिक नामाकरण गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले यसको नाम कोभिड -१९ राखेको छ । डिसेम्बर ३१ मा पहिलोपटक चीनमा देखिएको यो भाइरसको नाम अब भने कोभिड -१९ ले चिनिनेछ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोसले जेनेभामा पत्रकार सम्मेलन गर्दै कोरोना बाट ‘को’ भाइरसबाट ‘भि’ र डिजिजबाट ‘डी’ लिएर कोभिड बनाइएको बताए । १९ भने राेग फेला परेकाे वर्ष हो । कोभिड- १९ ले हालसम्म चीनमा मात्र ११ सय बढीको ज्यान गइसकेको छ भने ४४ हजार बढी मानिस संक्रमित भएका छन्।
नेपालमा चीनबाट फेर्केका एक जना नेपालीमा कोरोना भाइरस फेला परेको भए पनि उनी उपचार पछि घर फर्किसकेका छन्।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड