Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सम्भावित प्रकोपबारे चेतावनी दिने चिकित्सकको पनि कोरोना भाइरसकै कारण मृत्यु

सम्भावित प्रकोपबारे चेतावनी दिने चिकित्सकको पनि कोरोना भाइरसकै कारण मृत्यु

एजेन्सी: चीनमा नयाँ कोरोनाभाइरसको प्रकोप फैलिन सक्ने चेतावनी दिएका एक चिनियाँ चिकित्सकको सङ्क्रमणकै कारण मृत्यु भएको उनको उपचार गरिरहेको अस्पतालले जनाएको छ।

वुहान सेन्ट्रल हस्पिटलमा कार्यरत डा लि वेन्लियाङलाई त्यहीँ सङ्क्रमण भएको थियो।

ती ३४ वर्षीय चिकित्सकले आफ्ना सहकर्मीहरूलाई डिसेम्बर ३० मा भाइरस सङ्क्रमण भयावह रूपमा फैलिन सक्ने भन्दै सजग गराएका थिए। तर प्रहरीले उनलाई अनर्गल टिप्पणी नगर्न चेतावनी दिएको थियो।

नयाँ वर्ष परेकाले वुहान सहरमा अधिकारीहरूले कोरोनाभाइरससँग सम्बन्धित समाचार ढाकछोप गर्न खोजेका थिए।

उनको मृत्युबारे विरोधाभासपूर्ण विवरणहरू आएका छन्। तर चीनको पीपल्स डेलीले उनको मृत्यु स्थानीय समयानुसार शुक्रवार बिहान तीन बज्न लाग्दा भएको उल्लेख गरेको छ। उनी नेत्ररोग विशेषज्ञ हुन्। उनले काेराेना भाइरस सङ्क्रमित एक जना महिलाकाे माेतियाबिन्दुकाे उपचार गरेका थिए । उनलाई ती महिला कोरोनाभाइरसबाट संक्रमित भएको थाहा थिएन।

चीनमा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट कम्तीमा ६३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३१,००० भन्दा बढीलाई सङ्क्रमण भएको छ। बिहीवार मात्रै ७३ जनाको मृत्यु भयो।

बीबीसीबाट :

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन