सुपारी सेवनले मुटुराेगदेखि क्यान्सरसम्म
खाना खाइसकेपछि सुपारी चपाउने धेरैको बानी हुन्छ। कतिपय सुपारीबाट बनेका गुट्खा आदिको लतमा हुन्छन्। सुपारी र सुपारीजन्य पदार्थ शरीरका लागि एकदमै हानिकारक हुन्छन्।
विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)सुपारीलाई कार्सिनेजेनिक वर्गमा समावेश गरेको छ। इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सरले सुपारीलाई क्यान्सर गराउने मुख्य तत्त्व भनेको छ।
सुपारी सेवनबाट मानव स्वास्थ्यमा हुनसक्ने हानि
दाँतको समस्या
निरन्तर रूपमा सुपारी चपाउँदा अन्य समस्याका दाँत खिइन्छ। त्यस्तै, यसले दातमा सडन हुने र खिया लाग्ने समस्या आउँछ।
रसायनिक प्रतिक्रिया
अन्य औषधिसँग मिसिएको अवस्थामा यसले शरीरमा रसायनिक प्रतिक्रिया गराउँछ। औषधिको असर कम गराइदिन्छ।
मुटुरोग
सुपारी सेवनले मुटुमा जोखिम निम्त्याउनुका साथै माटोपनको सम्भावना बढाउँछ।
क्यान्सर
सुपारीको सेवनले मुखको छाला कडा बनाउनुका साथै दाँतको जरामा समस्या ल्याउँछ। अत्याधिक सुपारी सेवनले मुखको क्यान्सर गराउँछ। त्यस्तै, अन्ननलीको क्यान्सर गराउँछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण