चिसाेमा ‘ब्रेन स्ट्रोक’को खतरा
मस्तिष्कमा अचानक रक्तसञ्चार भई त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्काघात अर्थात् ब्रेन स्ट्रोक भनिन्छ।
ब्रेन स्ट्रोक हुँदा टाउकोको एकापट्टिको भागमा प्यारालाइसिस हुने, मुख बांगिने, आँखा नदेख्ने आदि समस्या हुन्छ। मस्तिष्कको पूरै भागबाट रक्तसञ्चार बन्द भए मृत्युसमेत हुन्छ। अत्यधिक धूमपान गर्नु, बढी तनावयुक्त जीवन जिउनु आदि कारणले यसको जोखिम हुन्छ।
गर्मी मौसमको तुलनामा जाडोमा ब्रेन स्ट्रोक हुने समस्या ३० प्रतिशतले बढी हुन्छ। जाडोमा रगत गाढा हुन्छ। यसका कारण नसामा दबाब पर्ने र फुट्ने सम्भावना हुन्छ। फलस्वरूप ब्रेन स्ट्रोकको जोखिम बढ्छ। जाडाेमा उच्च रक्तचाप बढ्ने र व्यायाम, खानपान आदिमा हेलचेक्र्याइँ गर्दा यसको जोखिम बढ्छ।
जुनसुकै उमेरका मानिसमा पनि ब्रेन स्ट्रोक वा पक्षाघातको खतरा हुन्छ। मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलका बिरामीमा यसको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन्।
उपचार
ब्रेन स्ट्रोक भएमा सकेसम्म छिटो उपचारका लागि लैजानुपर्छ। मस्तिष्कमा रगत भरिँदै गएको भए अझ चाँडाे गर्नुपर्छ। रक्तसञ्चार बन्द भएर पक्षाघातको स्थिति आए जतिसक्दाे चाँडाे अस्पताल पुर्याउनुपर्छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा