चिसाेमा ‘ब्रेन स्ट्रोक’को खतरा
मस्तिष्कमा अचानक रक्तसञ्चार भई त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्काघात अर्थात् ब्रेन स्ट्रोक भनिन्छ।
ब्रेन स्ट्रोक हुँदा टाउकोको एकापट्टिको भागमा प्यारालाइसिस हुने, मुख बांगिने, आँखा नदेख्ने आदि समस्या हुन्छ। मस्तिष्कको पूरै भागबाट रक्तसञ्चार बन्द भए मृत्युसमेत हुन्छ। अत्यधिक धूमपान गर्नु, बढी तनावयुक्त जीवन जिउनु आदि कारणले यसको जोखिम हुन्छ।
गर्मी मौसमको तुलनामा जाडोमा ब्रेन स्ट्रोक हुने समस्या ३० प्रतिशतले बढी हुन्छ। जाडोमा रगत गाढा हुन्छ। यसका कारण नसामा दबाब पर्ने र फुट्ने सम्भावना हुन्छ। फलस्वरूप ब्रेन स्ट्रोकको जोखिम बढ्छ। जाडाेमा उच्च रक्तचाप बढ्ने र व्यायाम, खानपान आदिमा हेलचेक्र्याइँ गर्दा यसको जोखिम बढ्छ।
जुनसुकै उमेरका मानिसमा पनि ब्रेन स्ट्रोक वा पक्षाघातको खतरा हुन्छ। मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलका बिरामीमा यसको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन्।
उपचार
ब्रेन स्ट्रोक भएमा सकेसम्म छिटो उपचारका लागि लैजानुपर्छ। मस्तिष्कमा रगत भरिँदै गएको भए अझ चाँडाे गर्नुपर्छ। रक्तसञ्चार बन्द भएर पक्षाघातको स्थिति आए जतिसक्दाे चाँडाे अस्पताल पुर्याउनुपर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण