कुकुरलाई नगराउनुस् जथाभावी दिसापिसाब, लाग्न सक्छ यस्ताे घातक राेग
विशेषगरी शहरी क्षेत्रका बासिन्दा ‘मर्निङ वाक’ को बहानामा कुकुरलाई सडकपेटी वा सार्वजनिक जग्गामा शौच गर्ने गर्छन्। यसरी जथाभावी कुकुरलाई दिसापिसाब गराउँदा हावामा ब्याक्टेरिया फैलिन्छ। यो मानव स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ।
चिकित्सकहरूका अनुसार कुकुरको एक ग्राम दिसामा करिब ३० हजारभन्दा बढी ब्याक्टेरिया हुन्छन्। मानव शरीरमा पसेपछि तिनले टेपवर्मको रूप लिन्छन् । टेपवर्म अर्थात् नाम्लेकिराको लम्बाइ १५ मिटरसम्म लामो हुन्छ ।
कुकुरको पेटमा हुने ‘सेक्सुअल साइकल’बाट नाम्लेकिराको अण्डा बन्छ । त्यो दिसामार्फत बाहिरी वातावरणमा आइसकेपछि हावा, काँचो सागसब्जी आदिको माध्यमबाट मानिसको शरीरमा पुग्छ ।
नाम्लेकिरा रगतको माध्यमबाट आन्द्रामा गएर बस्छ । यसले एकै ठाउँमा गुजुल्टिएर बस्ने र आन्द्रामा अवरोध सिर्जना गर्छ । फलस्वरूप खाना नपच्ने र पेट दुख्ने जस्ता समस्या देखा पर्छन्।
नाम्लेकिरा शरीरका जुनसुकै अंगमा पनि प्रवेश गर्न सक्छ । कलेजोबाट उत्पादित पित्त रगतको माध्यमबाट बाहिर जान रोक्छ । अनि, त्यो पित्त पुनः कलेजोमै गएर बस्छ । यस्तो अवस्थामा जन्डिस लाग्न सक्छ।
कतिपय अवस्थामा नाम्लेकिरा मानिसको दिमागमा गएर पनि बस्न सक्छ । यसका कारण टाउको अधिक दुख्ने, रिगंटा लाग्ने, छाला पहेँलो हुने, आँखा धमिलो हुने, खोकी लाग्ने र श्वास फेर्न गाह्रो हुनेलगायत समस्या आउँछ।
त्यसैले घरपालुवा कुकुरलाई बाहिर जथाभावी दिसापिसाब गराउन हुँदैन।
काँचो सागसब्जी राम्रोसँग पखालेर खानुपर्छ। माथि उल्लेख गरिएका समस्या देखिए तुरून्त चिकित्सकहाँ जानुपर्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य