‘मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा पर्न जरूरी छ’
काठमाडौं: असाध्यै संवेदनशिल हुँदाहुँदै पनि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा पर्न नसकेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यत्त गरेका छन्। शुक्रवार राजधानीमा स्वास्थ्य पत्रकार मञ्च नेपाल र राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश) ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनीहरुले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न जोड दिएका हुन्।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता समेत रहेका महेन्द्रप्रसाद श्रेष्ठले मानसिक स्वास्थ्यका क्षेत्रका विविध पक्षमा छलफल हुन जरुरी रहेको बताए । उनले भने, ‘मानसिक स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा नपरेका कारण काम गर्न समस्या भएको हाे । तर अब भने नयाँ स्वास्थ्य नीतिमै यसकाबारेमा उल्लेख छ अब केही सेवा फराकिलो र सजिलाे पक्कै हुन्छ उनले थपे । उनले मानसिक स्वास्थ्यमा गरिएको लगानीले तुरुन्त प्रतिफल दिएर गुणस्तरीय जीवन बिताउन सक्ने हुँदा यसमा लगानी गर्न सरकार डराउन नहुनेमा पनि जोड दिए ।
यसैगरी कार्यक्रममा स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा दिपेन्द्ररमण सिंहले मानसिक स्वास्थ्यकाबारेमा पछिल्लो समय सेवा बिस्तारका लागि केही काम भइरहेको भन्दै सबै निकायसँग समन्वय गरी अघि बढ्ने बताए । उनले संघ मातहतमा अस्पतालमा आधारभुत मानसिक स्वास्थ्य सेवा रहेको भन्दै यसलाई बिस्तार गरिदैं लाने पनि बताए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखा प्रमुख डा तारानाथ पोखरेलले मानसिक स्वास्थ्य सेवा पनि मौलिक हक अन्तर्गत रहेकाले सबैले बिना रोकावट यसको सेवा पाउनुपर्ने बताए । उनले प्रयाप्त नभए पनि सरकारले विभिन्न स्तरबाट सेवा दिने प्रयास गरेको जानकारी दिंदै ४३ जिल्लामा समूदाय स्तरमा मानिसक स्वास्थ्य कार्यक्रम शुरु हुन लागेको बताए । ‘स्कूल मेन्टल हेल्थ’ कार्यक्रम पनि चाँडै सन्चालन हुन लागको उनले जानकारी दिए ।
सो कार्यक्रममा कोशिशका कार्यकारी निर्देशक मातृका देवकोटाले सामाजिक समस्या, जैविक, अनुवांशिक, साँस्कृतिक लगायतका तत्वले आत्महत्यामा भूमिका खेल्ने भन्दै आत्महत्या रहर नभई बाध्यता भएको बताए । उनले विभिन्न परिस्थितीका कारण व्यक्ति आत्महत्या तर्फ जाने हुँदा यसलाई हेयको दृष्किोणले हेर्ने भन्दा पनि यो समस्या हुनै नदिन के गर्न सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्ने बताए । उनले भने, हरेक आत्महत्या योजनाबद्ध रुपमा हुन्छन् यो अवस्थालाई पत्ता लगाएर आत्महत्या रोक्न सकिन्छ । त्यसका लागि मनोपरामर्शदाताहरु परिचालन गर्नुपर्छ सेवा बिस्तार गर्नुपर्छ ।
यसैगरी स्वास्थ्य पत्रकार मञ्चकी अध्यक्ष कल्पना आचार्यले मानसिक स्वास्थ्यका क्षेत्रमा सञ्चार माध्यममा ‘इस्यु बेस्ड समाचारले मात्र नपुग्ने भन्दै यसका सामाजिक, आर्थिक,सांस्कृतिक पक्षलाई समेटेर समाचार लेख्ने बेला भएको बताइन् ।
नेपालमा गत वर्ष मात्र ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेको तथ्यांक छ ।नेपालमा प्रत्येक दिन १६ जनाले आत्महत्या गर्छन भने एक जनाले आत्महत्या गर्दा २५ जनाले आत्महत्याको प्रयास गर्ने पनि अध्ययनले देखाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित