सुर्ती उद्योगको हस्तक्षेप रोक्न दक्षिण एसियाली राष्ट्रका लागि ‘सार्क सीसीटी’ स्थापना
काेलम्बाे: सुर्ती उद्योगको बढ्दो हस्तक्षेपलाई निस्तेज पार्ने योजना बनाउन दक्षिण एसियाली राष्ट्रका सुर्ती नियन्त्रण अभियन्ताहरु श्रीलंकाको राजधानी कोलम्बोमा भेला भएका छन् । उनीहरुले सुर्ती उद्योगीहरुको योजनावद्ध हस्तक्षेपलाई संगठित रुपमा निस्तेज पार्न क्षेत्रीयस्तरको संगठन निर्माण गरेका छन् ।
साउथ एसिया रिजनल कन्सटुर्म सेन्टर फर कम्ब्याटिङ टोबाको सार्क सीसीटी नाम दिइएको उक्त संगठनमा श्रीलंका सहित नेपाल, भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, भुटान र मालदिभ्स सदस्य छन् । सोमबार आयोजित विशेष समारोहमा युनिभर्सिटी अफ कोलम्बोका उपकुलपति प्राध्यापक चन्द्रिका विजय रत्नेले सार्क सीसीटीको औपचारिक शुभारम्भ गरिन । सो अवसरमा बोल्दै उपकुलपति प्रा विजयरत्नेले सुर्ती उद्योगीहरु नयाँ नयाँ रणनीतिका साथ आफ्नो बजार विस्तार गर्ने अभियानमा लागेको र त्यसको असर आम जनतालाई परिरहेको भन्दै त्यसको रणनीतिलाई निस्तेज गर्न सार्क सिसिट सफल हुने विश्वास गरिन । उनले बढ्दो क्रममा रहेको नसर्ने रोग नियन्त्रण गर्न सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्नु अपरिहार्य रहेको बताइन ।
सेन्टर फर कम्व्याटिङ टोबाको को आयोजनामा भएको उक्त कार्यक्रम नेशलन अथुरिटी अन टोवाको अन अल्कोहल श्रीलंकाका अध्यक्ष डा पलिथा अव्यकुन, सीटीसी निर्देशक डा महेश राजसूर्या, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा राजि पन्डेसी, द युनियन कि इमा ग्रीन लगायतले सार्क सीसीटीको आवश्यकता बारे चर्चा गरेका थिए । तीन दिनसम्म चल्ने सो कार्यक्रममा संगठनको भावी रणनीतिबारेमा छलफल हुने बताइएको छ ।
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर