शिक्षामन्त्री पोखरेल अस्पताल भर्ना
काठमाडौंः शिक्षा मन्त्री गिरिराजमणि पोखरेल बिरामी भएपछि अस्पताल भर्ना भएका छन्।
उनी बिहिवार अस्वस्थ भए लगत्तै नयाँ बानेश्वरस्थित भरोसा अस्पतालमा उपचार गराएका थिए । पछि थप जाँचका लागि अस्पताल भर्ना हुनुपर्ने भएपछि साँझ ललितपुरस्थित पाटन अस्पताल भर्ना भएका हुन्।
उनलाई फुड प्वाइजन भएको चिकित्सकले अनुमान गरेका छन्। यद्यपी उनकाे स्वास्थ्य शुक्रबार बिहानदेखि सुधारोन्मुख भएको र अन्य थप जाँच भइरहेको साथै केही रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?