नियमित गर्भ जाँच गराउनेसँग ‘कोसेली भेट’
खोटाङ : हलेसी तुवाचुङ नगरपालिकाले नियमित गर्भ जाँच गराएका महिलासँग ‘कोसेली भेट’ कार्यक्रम गरेको छ। स्वास्थ्यकर्मीकाे सल्लाहअनुसार नियमित चार पटक गर्भ जाँच गराएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ६० जना गर्भवती महिलासँग नगरपालिकाले ‘कोसेली भेट’ कार्यक्रम गरेको हो।
बहुक्षेत्रीय पोषण कार्यक्रम र वडा कार्यालय धितुङसँगको सहकार्यमा नगर स्वास्थ्य शाखाले मंगलबारुकोसेली भेटु कार्यक्रम अन्तर्गत धितुङका गर्भवती महिलालाई अण्डा, आयोडिन नुन, सरसफाइका लागि साबुन, रुमाल लगायत कोसेली प्रदान गरेको हाे। नियमित गर्भ जाँच गराउने महिलालाई सम्मान गर्दै अन्य गर्भवती महिलालाई पनि नियमित गर्भजाँच गर्न प्रोत्साहित गर्नका लागि नगरपालिकामा गर्भवती महिलासँग कोसेली भेट कार्यक्रम शुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए। ‘
नियमित गर्भ जाँच गराउने गर्भवती महिलालाई नगरप्रमुख राई, उपप्रमुख विमला राईले कोसेली भेट कार्यक्रम अन्तर्गतका सामग्री हस्तान्तरण गरेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?