अस्पताल भवन जीर्ण बन्दा भुइँमा राखेर बिरामीकाे उपचार
जाजरकोट : जाजरकोट अस्पतालमा बिरामीको चाप बढेपछि बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको छ। ५० शय्याको अस्पतालको स्तरोन्नति नहुँदा बिरामीको भुइँमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डा. महेश सेजुवालले जानकारी दिए।
निर्माण व्यवसायीको लापरवाहीका कारण अस्पतालका भवन पाँच वर्षदेखि निर्माण नहुँदा बिरामीको चाप बढेका बेला भुइँमा राखेर उपचार गराउनु परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतले बताए। एउटा शय्यामा दुई बिरामी राखेर उपचार गर्दा पनि ठाउँ नपुग्दा भुइँमा राखेर उपचार गर्नुपरेको स्वास्थ्यकर्मी लालबहादुर बस्नेतले बताए।
उक्त अस्पतालमा विशेषज्ञ सेवा पाइने शल्यक्रियासमेत हुने भएपछि बिरामीको घुइँचो लाग्ने गरेको छ। २०३२ मा निर्माण गरिएको भवन जीर्ण भएका कारण उपचारमा कठिनाइ भएको हो । अहिले उक्त अस्पतालमा डोल्पा र रुकुमका समेत बिरामी आउने गरेका छन्।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले यसै आर्थिक वर्षमा ५२ करोड रूपैयाँको लागतमा भवन निर्माणका लागि बोलपत्र आह्वान हुन लागेको बताएका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य