Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

४४ प्रतिशत महिलाकाे पहुँचमा छैन परिवार नियोजनका साधन

४४ प्रतिशत महिलाकाे पहुँचमा छैन परिवार नियोजनका साधन

काठमाडौं : परिवार नियोजनका आधुनिक साधनमाथि प्रजनन उमेरका महिलाको पहुँच अत्यन्त न्यून रहेको एक तथ्यांकले देखाएको छ।

परिवार नियोजन, मातृत्व र नवजात शिशु स्वास्थ्यका बारेमा अध्ययन अनुसन्धान गर्दै आएका अमेरिकास्थित गुट्मार इन्ष्टिच्यूट र नेपालस्थित वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) ले गरेको अध्ययनअनुसार नेपालमा आधुनिक परिवार नियोजनका साधनको प्रयोगदर विगत ६० वर्षमा ४३ प्रतिशत र समग्र परिवार नियोजन सेवाको पहुँच ५४ प्रतिशत मात्र छ।

करीब ७० प्रतिशत महिलामा प्रजनन स्वास्थ्यका लागि परिवार नियोजनका सेवा लिनुपर्छ भन्ने ज्ञान र जानकारी रहेको छ। महिला स्वास्थ्यका लागि परिवार नियोजनका आधुनिक साधनको प्रयोग तथा मातृत्व र नवजात शिशुको स्वास्थ्य सेवाको सुलभ पहुँच हुन अति आवश्यक रहेको अध्ययनले देखाएको छ।

नेपालमा परिवार नियोजनका आधुनिक साधन, मातृत्व र नवजात शिशु स्याहारमा लगानी बढाउन सरकारलाई सुझाव दिएको छ। ती क्षेत्रको लगानी वृद्धिले मात्र अनिच्छित गर्भ, गर्भपतन र मातृ मृत्युलाई घटाउने प्रतिवेदनमा उल्लेख छ।

नेपालमा हरेक वर्ष अनुमानित पाँच लाख ३९ हजार महिला अनिच्छित गर्भधारण गर्न बाध्य छन्। प्रतिवेदनमा भनिएको छ, ‘परिवार नियोजनको आधुनिक साधनको चाहना हुँदाहुँदै पनि नपाएका कारण ती महिला गर्भधारण गर्न बाध्य भएका हुन्।’

अध्ययनले गर्भधारण गर्न नचाहने प्रजनन उमेरका ४४ प्रतिशत महिलाले अझै परिवार नियोजनका साधन नपाइरहेको अवस्था छ तर पछिल्लो समय नेपालको प्रजनन दरमा उल्लेखनीय सुधार आएको छ।

पछिल्लो समय नेपालमा पनि सानो परिवार तथा एकल परिवारप्रति मोह बढ्दैछ। सानो परिवारका लागि परिवार नियोजनका आधुनिक साधनको माग बढ्दै गएको हो। सन् २०१६ मा मातृ मृत्युदर प्रत्येक एक लाख जीवित जन्ममा २३९ रहेको छ। यो दर दक्षिण एसिया क्षेत्रमा औसतभन्दा बढी नै हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन