Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बर्डफ्लुबाट बच्न पर्सामा उच्च सतर्कता, कुखुरा फार्मबाट नमुना संकलन

बर्डफ्लुबाट बच्न पर्सामा उच्च सतर्कता, कुखुरा फार्मबाट नमुना संकलन

वीरगञ्ज : बर्डफ्लुको संक्रमण भए नभएको थाहा पाउन बारा र पर्सा जिल्लामा सञ्चालित कुखुरा फर्महरूबाट नमुना संकलन गरी परीक्षणका लागि पठाइने भएको छ। कुखुरामा बर्डफ्लुको संक्रमण रहेको पुष्टि भएपछि पर्सामा उच्च सतर्कता अपनाइएको हो।

जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिको बैठकले बारा र पर्सा जिल्लामा सञ्चालित कुखुरा फर्महरूबाट कुखुराको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाउने निर्णय गरेको ग्रामीण कुखुरा व्यवसायी संघका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए।

जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको अध्यक्षतामा बसेको प्राविधिक समितिको बैठकले सबै सरोकारवालाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ।

‘पर्सा जिल्ला बर्डफ्लुको उच्च जोखिममा रहेको महसुस गरि यहाँका कुखुरा व्यवसायी, कुखुरा फार्म सञ्चालक, अण्डा व्यवसायी, दाना सप्लायर्स र कुखुराको चल्ला सप्लायर्स लगायत पक्षी तथा पक्षीजन्य पदार्थ ओसारपसार गर्ने सरोकारवाला सबै निकायले उच्च सतर्कता अपनाउन पहल गर्ने ’, प्राविधिक समितिले गरेको निर्णयमा उल्लेख गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन