Health TV Online
Health TV Online

न्याम्समा पदाधिकारी नियुक्ति त्रुटिपूर्ण : गाेदान

न्याम्समा पदाधिकारी नियुक्ति त्रुटिपूर्ण : गाेदान

काठमाडौं : सरकारी चिकित्सक संघ गोदानले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा सरकारले हालै गरेको पदाधिकारी नियुक्ति त्रुटिपूर्ण रहेको भन्दै सच्याउन माग गरेको छ।

स्वास्थ्य प्रतिष्ठानजस्तो ठाउँमा राजनीतिक आधारमा र सरकार सेवाभन्दा बाहिरबाट नियुक्ति भएको भन्दै संघले आपत्ति जनाएको हो।

‘चिकित्सा विज्ञान प्रतिष्ठानमा नेपाल सरकारले गरेको पदाधिकारी नियुक्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैँले गरेको सम्झौताविपरीत मात्र नभई यसले सरकारी सेवामा रहेका चिकित्सकहरूलाई अयोग्य ठहर गरी अवमूल्यन गरेको देखिन्छ’ विज्ञप्तिमा भनिएको छ’, तसर्थ यो संघ त्यसकेो घोर भर्त्सना गर्दछ र निर्णय तत्काल सच्याउन माग गर्दछ।’

सरकारले गत शुक्रबार प्रा.डा. देवनारायण साहलाइ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति नियुक्त गरेकाे थियाे।

हेर्नुहाेस् विज्ञप्ति ः

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन