Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काभ्रेपलाञ्चोकमा ‘बर्डफ्लु चेक प्वइन्ट’

काभ्रेपलाञ्चोकमा ‘बर्डफ्लु चेक प्वइन्ट’

काभ्रेपलाञ्चोक : केन्द्रीय राजधानी काठमाडौंलयागत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्डफ्लुजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वइन्ट राख्ने निर्णय गरेको छ।

जिल्लामा बर्डफ्लुजन्य सङ्क्रमण निभित्रियोस् भन्ने उद्देश्यले मङ्गलटार, साँगा र नाला नाकामा चेक प्वइन्ट राख्ने निर्णय गरिएको केन्द्र प्रमुख डा. मोगलप्रसाद शाहले जानकारी दिए। उनकाअनुसार स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वइन्ट सञ्चालन हुनेछ।

नेपाल भेटेरिनरी एसोसिएसनले पक्षी स्वस्थ भएको चेक प्वइन्टमा प्रमाणपत्रको जाँच गरेर मात्रै जिल्लामा भित्रिन दिनेछ। केन्द्र प्रमुख डा. शाहले भने, ‘प्रहरी कार्यालयसँगै चेक प्वइन्ट राखिनेछ, पक्षी स्वस्थ भएको प्रमाणपत्र नभए नाकाबाट भित्रिन दिइनेछैन।’

केन्द्रले पूर्वी तराईबाट सिन्धुली हुँदै बीपीराजमार्गमार्फत राजाधानी भित्रिने काभ्रेपलाञ्चोकको मङ्गलटार नाका, काठमाडौंबाट जिल्ला भित्रिने साँगा नाका र भक्तपुरतर्फबाट भित्रिने नाला नाकामा चेक प्वइन्ट राख्ने भएको हो । यसका लागि केन्द्रले स्थानीय तहलाई पत्राचार गरिसकेको केन्द्र प्रमुख डा. शाहले बताए।

आयात–निर्यातकर्ताले पक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरालाई प्रोगशालामा पठाइनेछ। सरकारद्वारा २०७४ मा जारी संशोधित आदेशमा बर्डफ्लु रोगको रोकथाम र नियन्त्रण गर्न प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समिति रहने उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन