Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

राष्ट्रिय परिवार योजना सम्मेलन सुरु

राष्ट्रिय परिवार योजना सम्मेलन सुरु

काठमाडौं : स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले गरेको ‘राष्ट्रिय परिवार योजना’ सम्मेलन राजधानीमा सुरु भएको छ।

सम्मेलनको उद्घाटन गर्दै उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले परिवार नियोजनको पहुँच बाहिर रहेका मानिसहरुलाई समेट्न सम्मेलनले सहयोग गर्ने बताए ।

नेपालमा परिवार नियोजनका साधन प्रयोग गर्नेहरुको संख्या केही वर्षदेखि स्थिर रहेपछि सरकारले सम्मेलन गरी समस्या पहिचान गर्न खोजेको महाशाखाका निर्देशक डा आर पी विच्छाले जानकारी दिए। उनले भने, ‘सम्मेलनले पहुँच बाहिर रहेकालाई कसरी समेट्ने भन्ने आइडिया दिनेछ।’

नेपालमा हाल ४३ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्ने गरेका छन्। दुईदिने सम्मेलनमा परिवार स्वास्थ्यसँगसम्बन्धित विषयमा अनुसन्धानकर्ताहरूले खोज तथा अनुसन्धानबारे २४ वटा मौखिक प्रस्तुति र २८ वटा पोस्टर प्रस्तुत गर्नेछन्। जसमध्ये परिवार नियोजनका साधनको पहुँच र यससँग सम्बिन्धत विषयवस्तु समेटिएका छन्।

त्यसबाहेक स्थिर रहेको आधुनिक परिवार नियोजनका साधनहरुको प्रयोगदरको कारण विश्लेषण गर्न र आगामी दिनमा समाधानका उपायहरुको विषयमा समेत प्रस्तुतीकरण हुनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि