Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

ओम अस्पतालमा आधारभूत सघन उपचार विशेष कार्यशाला सम्पन्न

ओम अस्पतालमा आधारभूत सघन उपचार विशेष कार्यशाला सम्पन्न

काठमाडौं : चावहिलस्थित ओम अस्पतालमा आधारभूत सघन उपचार विशेष कार्यशाला ‘सानकन’–२०१९ सम्पन्न भएकाे छ।

सघन उपचारमा संलग्न चिकित्सकहरूको दक्षता अभिवृद्धि गर्ने र सिप तथा ज्ञान आदानप्रदान गर्ने उद्देश्यले विश्वभरका ५० वटा मुलुकमा एकैसाथ कार्यशाला सञ्चालन गरिएकाे अस्पतालले जनाएकाे  छ।

कार्यशालामा सघन उपचारका आधारभूत ज्ञान तथा ह्याण्डस अन स्किल अभ्यास गरिने कार्यशालाका कोर्स डाइरेक्टर डा.प्रमेशसुन्दर श्रेष्ठले जानकारी दिए। गतवर्ष ओम अस्पतालमा नै सानकन २०१८ कार्यशाला भएकाे स्मरण गरे।

कार्यशालामा नेपाल एनेस्थेसिया सोसाइटीका अध्यक्ष डा. विश्वास प्रधान ओम अस्पतालका मेडिकल डाइरेक्टर डा. केपी देवकोटा नेपलिज सोसाइटी अफ  क्रिटिकल केयर मेडिसिनका कार्यकारी सदस्य डा. सुवासप्रसाद आचार्यलगायतले सम्बोधन गरेका थिए।

कार्यशालामा देशभारका ३२ जना सघन उपचार बिशेषज्ञ चिकित्सकहरुको सहभागिता छ ।

समय समयमा आफ्ना कन्सल्ट्यान्ट तथा मेडिकल टिमलाई स्वास्थ्य उपचार क्षेत्रमा भएका पछिल्ला उपलब्धि तथा उपचार बिधिबारे जानकारी दिन तथा ज्ञान आदानप्रदान गर्न यस किसिमका कार्यक्रम आयोजना गर्दै आइरहहेको ओम अस्पतालले जनाएको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन