महोत्तरीमा १०० भन्दा बढी कुष्ठरोगी
गौशाला : महोत्तरी जिल्लामा सयभन्दा बढी कुष्ठरोगी रहेको पाइएको छ। १० नगरपालिका तथा पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको भेटिएकाे जिल्ला स्वास्थ्य कार्यालय अधिकृत विनोद झाले बताए।
झाका अनुसार जिल्लाका १३३ कुष्ठरोगीमध्ये ७४ जनामा बढी सर्ने किटाणुको सङ्क्रमण रहेको तथा ५९ जनामा कम सर्ने किटाणुको सङ्क्रमण रहेको पाइएकाे छ। सबैभन्दा बढी बिरामी जिल्लाको बलवा नगरपालिकामा र सबैभन्दा कम बिरामी जिल्लाको बर्दिवास नगरपालिका र सम्सी गाउँपालिकामा रहेको बताइएकाे छ।
बलवा नगरपालिकामा प्रति १० हजारमा पाँचजना कुष्ठरोगी रहेको तथा बर्दिवास नगरपालिका र सम्सी गाउँपालिकामा समान प्रति १० हजारमा शून्य दशमलव तीनजना कुष्ठरोगी रहेकाे पाइएकाे छ।
अधिकृत झाका अनुसार जिल्लामा प्रत्येक एक लाखमा २७ जना कुष्ठरोगीमध्ये महिला लगभग ४९ प्रतिशत, बालबालिका १२ प्रतिशत र अङ्गभङ्ग भएका कुष्ठरोगी १२ प्रतिशत रहेका छन्। जिल्लामा कुष्ठरोगको भयावह अवस्था हेरेर यही चैतमा जिल्लाको मनरा सिस्वा नगरपालिका र एकडारा गाउँपालिकाले कुष्ठरोगी खोजी अभियान चलाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण