‘मृत्युपछि खेर जाने मृगाैला दान गर्नुस्’
तनहुँ : वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले मरणोपरान्त मृर्गौला दान गर्न अनुरोध गरेका छन्। विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार तुलसीपुर उपमहानगरपालिकामा आयोजित अन्तरक्रियामा डा. काफ्लेले मृत्युपछि पनि आफन्तको ज्यान बचाउन सकिने भन्दै मृत्युपछि मिर्गौला दान गर्ने प्रतिबद्धता जनाउन अनुरोध गरे।
‘सबैभन्दा पहिला मानिसको मस्तिष्कको मृत्यु हुन्छ, मिर्गौला, मुटु, फोक्सो, कलेजोले मस्तिष्कको मृत्युपछि विस्तारै काम गर्न छाड्छन्, यस्तो अवस्थामा फोक्सोको काम भेन्टिलेटरद्वारा कृत्रिम रूपमा चलाइन्छ’, उनले भने, ‘मुटुको चाल पनि केही समयलाई चलाउन मिल्छ। यही समयमा कलेजो, मिर्गौला, मुटु, फोक्सोलगायत विभिन्न अङ्ग दान गराएर प्रत्यारोपण गर्न मिल्छ।’
एक जनाको मिर्गौलाले परिवारका अन्य सदस्यले नयाँ जीवन पाउने उनले बताए। अङ्ग दानसम्बन्धी चेतनाको अभावले मृत्युपछि मिर्गौला दान गर्नेको सङ्ख्या विकसित मुलुकमा जस्तै उल्लेख्य हुन नसकेको उनकाे भनाइ छ।
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट निकालेको मिर्गौला २४ घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्ने उनले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण