हटाइए बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार

हटाइए बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार

काठमाडाैं : सरकारले सुनसरीकाे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई पदबाट हटाएको छ।

प्रतिष्ठानका सहकुलपति रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिसको आधारमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रौनियारलाई पदबाट हटाएका हुन्।

फागुन १६ र १७ गते बालुवाटारमा बसेको प्रतिष्ठानको सञ्चालक समिति बैठकले सर्वसम्मतिबाट प्रतिष्ठानका उपकुलपति पदबाट डा. रौनियारलाई हटाउन सिफारस गर्ने निर्णय  गरेको थियो।

सिनेटको निर्णयको आधारमा स्वास्थ्य मन्त्री यादवले उपकुलपति रौनियारलाई पदबाट हटाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए। उनलाई प्रतिष्ठानमा अनियमितता गरेकाे  आराेप लागेकाे थियाे।