Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जिल्ला अस्पतालमा पाठेघर परीक्षण

जिल्ला अस्पतालमा पाठेघर परीक्षण

रसुवा : पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन जिल्ला अस्पतालमा परीक्षण शुरु भएको छ। बुधबार कार्यक्रम गरी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने अभियान शुरु गरिएको हाे। दुई नर्सलाई तालिम दिएर निःशुल्क परीक्षण शुरु गरिएको हो ।

पाठेघरको मुखको क्यान्सर पहिचान तथा रोकथाम कार्यक्रमअन्तर्गत जाँच शुरु गरिएको जिल्ला अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. नितु झाले बताइन्। जिल्ला अस्पतालका दुई नर्सलाई नेपाल क्यान्सर केयर फाउण्डेसन, सातदोबाटोमा एक साता तालिम गराएर हरेक हप्ताको आइतबार जिल्ला अस्पतालमा पाठेघरको निःशुल्क परीक्षण गर्ने उनले बताइन्।

याे अभियानअन्तर्गत ३० देखि ६० वर्षसम्मका महिलाको पाठेघरको मुखको परीक्षण गरिनेछ। अहिलेसम्म ३५९ जना महिलाको परीक्षण गरिएकोमा २९ जनामा क्यान्सरको जोखिम देखिएको उलने बताइन्।

त्यसमध्ये दुईजनामा क्यान्सर देखिएको नर्सिङ इन्चार्ज गोमाकुमारी कार्कीले बताइन्। पाठेघरको मुखको परीक्षण गर्दा जोखिम तथा क्यान्सरदेखिका महिलालाई उपचारका लागि नेपाल क्यान्सर केयर फाउन्डेसनमा रिफर गरिएको उनले जानकारी दिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि