बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमाथि छानविन गर्न अख्तियारमा सिफारिस
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारविरुद्ध छानविन गरी कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेकाे छ।
डा. रौनियारले प्रतिष्ठानमा गर्दै आएको अनियमितता तथा घोटालाबारे विस्तृत छानविन गरी कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको हो।
प्रतिष्ठानमा भइरहेकाे अनियमितता र सरकारले गठन गरेका दुइवटा समितिको छानविन प्रतिवदेनका आधारमा उपप्रधानमन्त्रीस्तरबाट निर्णय गरी अख्तियारमा कारबाहीकाे सिफारिस गरेर पठाइएको हो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?