तीनदेखि व्यथा, बच्चा निकाल्न कठिनाइ
हुम्ला :जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका८, राहदेवमा तीन दिनदेखि एक महिला सुत्केरी हुन नसक्दा आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका छन्।
३० वर्षीया ढल्ली बुढाले शिशु जन्माउन नसकेको र बुधबार राति उसको एउटा हात मात्र निकालिएको छ। महिलाको ज्यानको खतरा रहेकाले हेलिकोप्टरको माग गरिएको जिल्ला अस्पतालकी सरिता बोहराले जानकारी दिइन्।
बुढालाई तीन दिन अगाडिदेखि सुत्केरी व्यथा लागेको भए पनि स्थानीय स्वास्थ्यचौकीले गर्भवती गराउन नसकेकाले उद्धारका लागि प्रदेश सरकारसँग हेलिकोप्टरको माग गरिएको बताइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?