Health TV Online
Health TV Online

विश्व मिर्गौला दिवस मनाइँदै

विश्व मिर्गौला दिवस मनाइँदै

काठमाडौं : विविध सचेतनामूलक कार्यक्रम गरी बिहीबार विश्व मिर्गौला दिवस मनाइँदैछ। यो वर्ष ‘मिर्गौला स्वास्थ्य सबैका लागि, सबै तिर’ भन्ने नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ।

शरीरमा पानीको कमी तथा अनियन्त्रित खानपान र अस्वस्थ जीवनशैलीका कारण बढ्दो मोटोपनसँगै मधुमेह, उच्च रक्तचापजस्ता समस्याका कारण मिर्गौला जोखिममा परेको चिकित्सकहरू बताउँछन्। बेलाबेलामा पिसाब र रगत जाँच गरी मिर्गौलाको अवस्थाबारे थाहा पाइराख्नुपर्ने भन्दै उनीहरूले परीक्षण निकै सस्तो तर, रोग लागिसकेपछि उपचार निकै महँगो रहेकाले वेलैमा सचेत हुन सुझाव दिएका छन्।

स्वस्थ मानिसले २४ घण्टामा कम्तीमा दुई लिटर पिसाब फेर्नु आवश्यक हुन्छ। तर मिर्गौलामा समस्या भए पिसाब कम हँदै जान्छ र यसको रङ पनि फरक हुन्छ। पिसाबमा फिँज देखिने, जिउ सुन्निने, श्वास फेर्न गाह्रो हुने, रक्तचाप बढ्ने, खानामा रुचि घट्दै जाने र खान मन नलाग्ने जस्ता समस्या देखिए तत्काल मिर्गौला परीक्षण गर्नुपर्ने चिकित्सक सुझाव दिन्छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार