Health TV Online
Health TV Online

मिर्गौला दिवस कार्यक्रममा प्रधानमन्त्री सहभागी

मिर्गौला दिवस कार्यक्रममा प्रधानमन्त्री सहभागी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली विश्व मिर्गौला दिवसको अवसरका त्रिवि शिक्षण अस्पतालले गरेको कार्यक्रममा सहभागी भएका छन्।

शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सिबिलिटी नेपाल (पीएसआरन) र स्वतन्त्र विद्यार्थी युनियनले बिहीबार बिहान शिक्षण अस्पतालमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका हुन्।

कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

अस्पतालकी मिर्गौला विभाग प्रमुख तथा प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह  शाहले सचेतनाका लागि कार्यक्रम आयोजना गरिएको बताइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार