मिर्गौला दिवस कार्यक्रममा प्रधानमन्त्री सहभागी
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली विश्व मिर्गौला दिवसको अवसरका त्रिवि शिक्षण अस्पतालले गरेको कार्यक्रममा सहभागी भएका छन्।
शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सिबिलिटी नेपाल (पीएसआरन) र स्वतन्त्र विद्यार्थी युनियनले बिहीबार बिहान शिक्षण अस्पतालमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका हुन्।
कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
अस्पतालकी मिर्गौला विभाग प्रमुख तथा प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले सचेतनाका लागि कार्यक्रम आयोजना गरिएको बताइन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण