बिरामीको मृत्यु भएपछि नेपाल मेडिकल कलेजमा तनाव
काठमाडौं : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा तनाव उत्पन्न भएको छ। चिकित्सकले उपचारमा लापारबाही गरेकालेबिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले मेडिकल कलेजमा तोडफोड गरेका हुन्।
पेटको समस्या आई अस्पतालमा भर्ना भएका कागेश्वरी मनहरा—२ का ४२ वर्षीय सुदर्शन फुयाँलको बुधबार साँझ सवा ६ बजे मृत्यु भएको हो। फुयाँलको मृत्युपछि आक्रोशित भएका उनका आफन्तले अस्पताल तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको हो।
अस्पतालमा तोडफोड हुन थालेपछि प्रहरी परिचालन गरिएको र आक्रोसित भीडले प्रहार गरेको ढुंगाले लागेर केही प्रहरीसमेत घाइते भएका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य