स्वास्थ्य बिमाप्रति सर्वसाधारण आकर्षित
स्याङ्जा : जिल्लामा भर्खरै शुरु भएको स्वास्थ्य बिमाप्रति सर्वसाधारण आकर्षित भएका छन्। कार्यक्रममार्फत योगदानमा आधारित स्वास्थ्य जोखिमको अग्रिम व्यवस्थापन हुनुका साथै बिरामी हुँदा आर्थिक सुरक्षा प्राप्त हुने भएकाले पनि स्याङ्जामा शुरु भएको स्वास्थ्य बिमाप्रति सर्वसाधारण आकर्षित भएका हुन् ।
स्वास्थ्य बीमा कार्यालयले जिल्लाका ९७ वटै वडाका दर्ता सहयोगीलाई तालिम तथा आवश्यक दर्ता सहयोगी सामग्री प्रदान गरेर वडावडामा सदस्यता बनाउन पठाएको कार्यालयका दर्ता अधिकारी ध्रुव हमालले बताए। ‘दर्ता सहयोगीलाई तालिम दिएर जिल्लाका ९७ वटै वडामा खटाएका छौँ’, उनले भने, जनप्रतिनिधिलाई पनि अभिमुखीकरण गोष्ठी सञ्चालन गर्यौँ।’ पहिलो पटक जिल्लामा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता जनाउन धेरै घर परिवारले तीव्र इच्छा प्रकट गरेको उनको भनाइ छ।
अहिले जिल्लाका ११ वटै स्थानीय तहका ९७ वडामा दर्ता सहयोगीमार्फत स्वास्थ्य बिमा गराउनका लागि फाराम भर्ने कार्य जारी रहेको र चैतभित्र दर्ता भएकाले २०७६ जेठबाट स्वास्थ्य बिमावापतको सेवा लिन पाउने छन्। बिमितलाई पहिलो बिन्दुका रूपमा जिल्ला अस्पताल स्याङ्जा, चापाकोट अस्पतालसहित ग्रहौँ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र, मालुङ्गा स्वास्थ्य केन्द्र र पञ्चमूल स्वास्थ्य केन्द्र गरी तीनवटा स्वास्थ्य केन्द्रको व्यवस्था गरिएको छ।
त्यहाँ उपचार हुन नसकेमा रिफरल प्रणालीमार्फत दोस्रो बिन्दुका रूपमा लुम्बिनी मेडिकल कलेज पाल्पा, गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रहेको दर्ता अधिकारी हमालले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण