मन्थलीमा २४ घण्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु
रामेछाप : मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षअघि बन्द भएको २४ घण्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा मंगलबार शुरु भएको छ। स्वास्थ्य संस्था स्थानीय तहमार्फत सञ्चालन गर्ने भन्ने अन्योल हुँदा रामेछापमा शल्यक्रियामार्फत सुरक्षित सुत्केरी गराउने सेवा ठप्प भएको थियो ।
नीतिगत अन्योलसँगै पैसा तथा जनशक्तिसमेत अभावका कारण ०७४ सालको चैत महिनाबाट सेवा ठप्प भएको भए पनि अहिले स्थानीय तहले नै जिम्मेवारी लिनेगरी नीतिगत समस्या टुंगिएकाे हो। यससँगै आवश्यक बजेटको व्यवस्था भएको र शल्यक्रियाका लागि चाहिने चिकित्सक, एनेस्थेसिया असिस्टेन्ट, नर्स तथा अन्य स्वास्थ्यकर्मीसमेतको नियुक्ति भइसकेकाले सेवा शुरु गरिएको नगर प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए।
शल्यक्रिया सेवा सञ्चालनका लागि आवश्यक सबै सहयोग नगरपालिकाले उपलब्ध गराउने भएकाले मंगलबारदेखि नै सेवा सञ्चालन भएको प्रमुख बस्नेतले बताए। यसका लागि शल्यक्रिया गर्ने चिकित्सक, आवश्यक औषधि, एनेस्थेसिया असिस्टेन्टलगायतको स्वास्थ्यकर्मीको टोली प्राथमिक स्वास्थ्य केन्द्रमा आइपुगेको केन्द्रले जानकारी दिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २४ सै घण्टा दक्ष जनशक्ति राखेर जटिल प्रकारका गर्भवती महिलाको शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा २०७३ वैशाखदेखि सञ्चालनमा थियो ।
गएको असार मसान्तसम्म मन्थलीमै १३६ को शल्यक्रियामार्फत सुत्केरी गराइएको तथ्याङ्क केन्द्रसँग रहेको छ। उक्त अवधिमा मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रिया गर्ने महिला मासिकरूपमा १८ देखि २० जनासम्म आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका अधिकृत भरतकुमार श्रेष्ठले जानकारी दिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’