गण्डकी मेडिकल कलेजलाई कारवाही गर्न माग
काठमाडौं : आफूहरूको भविष्यमाथि खेलबाड गरेको भन्दै विद्यार्थीहरूले गण्डकी मेडिकल कलेजमाथि कारवाही गर्न माग गरेका छन्।
मंगलबार पत्रकार सम्मेलन गरी एमबीबीएसमा अध्ययनरत विद्यार्थीहरूले ठगी गर्नुका साथै आफूहरुलाई परीक्षाबाट वञ्चित गराएको दुखेसाे पाेखेका हुन्। पीडित विद्यार्थीले कलेजले आफूहरूसँगआठ लाखदेखि १८ लाखसम्म चर्को शुल्क उठाएको र सोअनुसार अध्यापन तथा शैक्षिक सुविधा नदिएको बताए। एमबीबीएसका ८६ विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरेको उनीहरूको भनाइ छ।
एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी अनिल सिन्हाले आफूहरुले कलेजको सञ्चालक समितिका अध्यक्षसहित ११ जनामाथि ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता गरेको जानकारी दिए।
आफूहररूले ४० दिनदेखि आन्दोलन गर्दै आए पनि सनुवाइ नभएको भन्दै ८६ विद्यार्थीले परीक्षा दिन नपाएको गुनासो गरे। ५०० विद्यार्थीले अध्ययन गर्दै आएको सो कलेजमा ९० विद्यार्थी पीडामा रहेको उनको भनाइ छ।
विद्यार्थी परिवर्तन शर्माले कलेजले आफूहरूबाट शुल्क तिर्न ढिला भए १८ प्रतिशतसम्म ब्याज लिने गरेको, अतिरिक्त शुल्क, परीक्षा शुल्क, रजिष्टेसन शुल्क पनि चर्को उठाउने गरेको र त्योअनुसार कुनै पूर्वाधार नभएको बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?