प्रत्येक वर्ष थपिन्छन् तीन हजार नयाँ कुष्ठरोगी
काठमाडाैं : नेपालमा हरेक वर्ष तीन हजार २१५ नयाँ कुष्ठरोगी थपिने गरेको एक अध्ययनले देखाएको छ।
विश्व स्वास्थ्य संगठनले ‘सन् २०२० सम्ममा कुष्ठरोगरहित विश्व’को योजना लिएर अघि बढे पनि नेपालमा बर्सेनि करिब तीन हजार नयाँ बिरामी देखा पर्ने गरेका हुन्।
२१औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको उपलक्ष्यमा सोमबार आइडिया नेपालले गरेको कार्यक्रममा स्वास्थ्य सेवा विभाग तथा कुष्ठरोग निवारण महाशाखाका डा. रवीन्द्र बाँस्कोटाले प्रति १० हजार जनामा ०.७९ प्रतिशत कुष्ठ रोगी रहेको बताए।
स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पहिले कुष्ठारोगीलाई निकै अपहेलना गर्ने गरे पनि अहिले त्यो अवस्था कम भएको बताए। उनले पूर्णरूपमा बिरामीलाई समाजमा पुन: स्थापना गर्न भने अझै अप्ठ्यारो रहेको बताए। अझै पनि तराईका पिछडिएका वर्ग र पहाडको दुर्गम भेगमा कुष्ठरोग लुकाउने चलन रहेकाले अझै समस्याको रूपमा रहेको मन्त्री यादवकाे भनाइ थियाे।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?