Health TV Online
Health TV Online
Health TV Online

थाहा नगरपालिकामा आँखा अस्पताल

थाहा नगरपालिकामा आँखा अस्पताल

हेटौँडा : मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–३ मा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आएको छ। सामुदायिक आँखा केन्द्र, नेपाल आँखा कार्यक्रम र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको समन्वयमा सञ्चालन गरिएको हो।

केन्द्रको सञ्चालनले मकवानपुर उत्तरी क्षेत्रका स्थानीय आँखाका बिरामीलाई उपचारका लागि सहयोग पुगेको छ। नगरपालिका र तिलगङ्गा आँखा अस्पताल प्रतिष्ठान काठमाडौँबीच २०७५ वैशाखमा भएको सम्झौताअनुसार नगरपालिकाले दुई रोपनी १४ आना जमlन उपलब्ध गराएपछि केन्द्रको भवनसमेत निर्माण गरिएको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए।

नगरपालिकाको ४०  लाख रूपैयाँ लागतमा सो केन्द्रका लागि चारकोठे पक्की भवनसमेत निर्माण गरिएको छ। आँखाका रोगीलाई थप सुविधा दिने उद्देश्यले अस्पतालको रूपमा उपचार केन्द्र स्थापना गरिएको नगरप्रमुख विष्टको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार