गर्भ तथा सुत्केरी स्याहारसम्बन्धी डा. ताम्राकारकाे पुस्तक सार्वजनिक
काठमाडौं : वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले गर्भ तथा सुत्केरी स्याहारसम्बन्धी पुस्तक ‘एक शरीर : दुई जीवन’ प्रकाशनमा ल्याएका छन्।
धुलिखेल अस्पतालमा कार्यरत डा. ताम्राकारको पुस्तकमा महिनावारी चक्र, छोरा वा छोरी, गर्भवती जाँच, ल्याब टेस्ट, गर्भवती सुत्केरी अवस्थामा यौन सम्पर्क, पाठेघरमा बच्चा बढ्ने तरिकालगायत शीर्षकका रोचक लेख समावेश छन्।
सुत्केरी व्यथाका लक्षण, गर्भावस्थाका खतरनाक संकेत, गर्भावस्थामा आइपर्ने मेडिकल तथा सर्जिकल समस्याहरू, स्वस्थ शिशु, कङ्गारु मातृ स्याहारजस्ता विषय एवं खुल्दुलीहरूको समाधान पुस्तकमा दिइएको छ। पुस्तक साधारण गृहिणी एवं पहिलो पटक आमाबाबु बन्न लागेका नवदम्पतीहरूका लागि निकै उपयोगी हुने बताइएकाे छ।
पुस्तकको मूल्य १६० राखिएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?