Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शहरी स्वास्थ्य केन्द्रको भवन अलपत्र, कहाँ गयाे एक कराेड?

शहरी स्वास्थ्य केन्द्रको भवन अलपत्र, कहाँ गयाे एक कराेड?

बाँके  : नेपालगञ्ज उपमहानगरपालिका १ मा निर्माण थालिएको शहरी स्वास्थ्य केन्द्रको भवन अलपत्र अवस्थामा छ। तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्राप्त एक करोड रुपैयाँमा सो भवनको निर्माण थालिएको थियो।

‘पूर्वाधार निर्माणका लागि जमीनमा पिलर उठाइएको पाँच वर्ष बितिसक्यो, केही रकम खर्च भयो तर भवन निर्माणको काम अघि बढ्न सकेन’, जनस्वास्थ्य कार्यालयका अधिकृत रामबहादुर चन्दले भने, ‘अहिलेसम्म यो योजना पिलरमै सीमित छ।’ उनकाअनुसार भवन नहुँदा स्थानीयको घर भाडामा लिएर कार्यालय सञ्चालन गर्नुपरेको छ। सेवा पनि प्रभावकारी छैन।

जनस्वास्थ्यको रकम पाएपछि भवन निर्माणका लािग नगरपालिकाले बोलपत्र आह्वान गरी एक ठेकेदारलाई निर्माणको जिम्मा दिएको थियो । उपमहानगरपालिकाले उक्त बेवारिसे भवन निर्माण पूरा गर्न चासो नदेखाएको अधिकृत चन्दले बताए। यसअघि भवन निर्माणको ठेक्का पाएका दुई\दुई ठेकेदारसँग सम्झौता रद्द गरेका कारण उपमहानगरले अहिलेसम्म नयाँ बोलपत्र खोल्न सकेको छैन।

ठेकेदारको खोजी र उपमहानगरपालिकासँग पहललगायत विषयमा जनप्रतिनिधिको भूमिका नदेखिएको स्थानीयवासी रवीन्द्र शाहीको भनाइ छ। पहिलोपटक ठेक्का आह्वान गरिए पनि काम गर्न नसकेको भन्दै ठेकेदारले सम्झौता तोडेको र अब फेरि बोलपत्र आह्वानको तयारी भइरहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि