Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जुम्लामा १८७ जनाले लिए मनाेसामाजिक सेवा

जुम्लामा १८७ जनाले लिए मनाेसामाजिक सेवा

जुम्ला : बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टीपीयो) नेपाल जुम्ला शाखाले दिँदै आएकोे मनोसामाजिक सेवाप्रति स्थानीयवासी खुशी भएका छन्।

मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या वृद्धि हुँदै गएकाले चालू आर्थिक वर्षको हालसम्म १८७ ले सो सेवा लिएका छन्। गत साउनमा २२, भदौमा २३, असोजमा २४, कात्तिकमा १८, मङ्सिरमा २२, पुसमा २३, माघमा २८ र फागुनमा अहिलेसम्म २७ जनाले सो सेवा लिएको टिपियोका मनोविर्मशकर्ता अप्सरा गिरीले जानकारी दिइन्।

जुम्लामा पारिवारिक तनाव आर्थिक अभाव, सामाजिक विभेद, अध्ययनमा कमजोरी, मदिरासेवन र अन्य विभिन्न कारणले मनोमाजिक समस्याका बिरामीको सङ्ख्या बर्सेनि बढ्ने गरेको गिरीले बताइन्।

दैनिक १३ जनासम्म यस्ता बिरामी आउने गरेका र सेवा लिन आएकामध्ये ८० प्रतिशतको अवस्था सुध्रिएको मनोविर्मशकर्ता नन्दराज आचार्यले जानकारी दिए। पुराना बिरामी निको भएका र नयाँ बिरामीले उपचारसम्बन्धी जानकारी पाएकाले बर्सेनि बिरामीको सङ्ख्या बढेको पाइएको छ। विशेषगरी १५ देखि ३५ वर्षमुनिका व्यक्तिमा यस्तो समस्या देखिएको छ।

यस्ता बिरामीमध्ये उदासीन र आत्महत्या प्रयासका बढी मात्रामा पाइएको छ। आत्महत्याको प्रयास गर्नेहरूले अहिले सहज जीवन बिताउन थालेको मनोविर्मशकर्ता आचार्यको भनाइ छ। मनोसामाजिक समस्या भएकाको सङ्ख्या बढेको र उनीहरूलाई मनोविर्मश सेवा दिई अहिले पहिलेकै अवस्थामा फर्काइएको टिपियोले बताएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन