Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सरकारी अस्पतालका उपकरण बिग्रिए, बिरामी निजीमा

सरकारी अस्पतालका उपकरण बिग्रिए, बिरामी निजीमा

बाँके : पश्चिम नेपालका सरकारीमध्ये नेपालगञ्ज भेरी अस्पतालमा मात्रै केही जटिल रोगको उपचार हुन्छ। तर, उपचारका लागि आवश्यक पर्ने उपकरणहरू बिग्रिएपछि बिरामी चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन बाध्य छन्।

पश्चिम नेपालकामध्ये भेरी अस्पतालमा मात्रै मुटु रोगको उपचार सेवा उपलब्ध छ। सिकलसेल एनिमियाका बिरामीको पनि उपचार हुन्छ। पूर्णतया वंशाणुगत यो रोग तराईका थारू समुदायका मानिसमा बढी देखिन्छ। अस्पतालमा मुटुको भिडियो एक्सरे गर्ने एउटा ‘इको’ र दुइवटा सिकलसेल जाँच्ने ‘इलेक्ट्रोफोरसिस मेसिन’ लामो समयदेखि मर्मत अभावमा थन्किएको छ। बिग्रिएका मेसिन मर्मत गरेर सञ्चालन गर्नेतर्फ अस्पताल प्रशासनले ध्यान दिएको छैन।

भेरी अस्पतालको सेवासुविधा प्रभावकारी हुँदा निजी क्लिनिकको आम्दानी घट्छ भन्ने मानसिकता भएकाले मेसिन मर्मतमा चासो नदिइएको सेवाग्राहीको गुनासो छ। स्वास्थ्य परीक्षण गर्न ल्याइएका ती मेसिन प्रयोगमा ल्याउन अस्पतालले तदारुकता देखाउनुपर्ने सेवाग्राहीको भनाइ छ।

अस्पतालमा मुटुरोगको उपचार सेवा भए पनि अत्यावश्यक उपकरण बिग्रिएर थन्किँदा सहजरूपमा सेवा प्रवाहमा समस्या भइरहेको छ । विभिन्न खाले जटिल रोगको जाँचका मेसिन थन्किएपछि जटिल प्रकारका बिरामीका लागि उपचार निकै खर्चिलो बनेको छ । मेसिन ल्याएदेखि सिकलसेलका एक बिरामीले पनि त्यसबाट स्वास्थ्य परीक्षण गर्न पाएका छैनन्।

मेसिन प्रयोगमा नआउँदै बिग्रिएको अस्पतालका निमित्त प्रमुख रूपानन्द अधिकारीले बताए। ‘भएका मेसिन बिग्रिएपछि उपचारका लागि अस्पतालमा आउने जटिल रोगका बिरामी मारमा परेका छन्, मर्मतका लागि रकम अभावले केही ढिलाइ भएको हो, अब छिट्टै मर्मत गर्दैछौँ’, उनले भने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन