भरतपुर अस्पतालका कर्मचारीले पाएनन् दुई महिनादेखिकाे तलब
चितवन : सरकारले बजेट विनियोजन नगर्दा भरतपुर अस्पताल सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ। बजेट अभावले दुई महिनादेखि ६०० कर्मचारीले तलब पाएका छैनन्।
चालु आर्थिक वर्षको भदौमा आएको ६ करोड ५० लाख रुपैयाँ पुसमा सकिएपछि त्यसयता कर्मचारीले तलब पाएका छैनन्। अस्पतालमा विकास समितिअन्तर्गतका ज्यालादारी, स्थायी, करारका गरी ४०० भन्दा बढी कर्मचारी र १७५ कर्मचारी कार्यरत छन्। उनीहरूको तलबमा महिनामा एक करोड रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ।
अस्पताल प्रदेश सरकार कि संघीय सरकार मातहत रहने भन्ने केही समयअघि देखिएको अन्योलले गर्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. कृष्ण पौडेलले बताए। अस्पताल संघीय सरकार मातहत निर्णय भए पनि बजेट नआएको उनले जानकारी दिए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य