जिल्ला स्वास्थ्य कार्यालय स्थापना
पर्वत : जिल्ला स्वास्थ्य कार्यालय स्थापना भएको छ। गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहनेगरी जिल्ला स्वास्थ्य कार्यालयको स्थापना भएको हो।
नयाँ कार्यालयको उद्घाटन जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर विश्वकर्मा पौडेलले आइतबार गरे।
पुरानो जिल्ला स्वास्थ्य कार्यालयमा नै स्थापना गरिएको कार्यालयमा जनस्वास्थ्य अधिकृतसहित १२ कर्मचारीको दरबन्दी छ। प्रदेश सरकार मातहत रहेका पर्वतका दुई प्राथमिक स्वास्थ्यचौकीसहित जिल्लाभरका सबै स्वास्थ्यचौकी, स्वास्थ्य कार्यक्रम कार्यालयले सञ्चालन गर्ने भएको छ। कार्यालयले स्थानीय तहमा रहेका स्वास्थ्य एकाइसँग समन्वयको कामसमेत गर्ने बताइएको छ।
संयोजक पौडेलले सबै स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य सेवा प्रावह गर्न आग्रह गरे। उनले सरकारी स्वास्थ्य संस्थाप्रति नागरिकको विश्वास बढाउन नसक्दा नागरिकले निजी संस्थामा महँगोमा उपचार गर्न बाध्य भएको बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’