Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं : राजधानीमा क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजी,  क्यान्सर केयर नेपाल ,नेसनल क्यान्सर अस्पताल एवं गाइनोकोलोजिकल अंकोलोजी सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा आयोजित सम्मेलनमा अमेरिका, पाकिस्तान, बंगलादेश, फिलिपिन्स र भारत लगायत मुलुकका  विशेषज्ञ चिकित्सकको सहभागिता थियो।

आयोजकसमेत रहेका नेसनल क्यान्सर अस्पतालका अध्यक्ष डा. मदन पियाले सम्मेलनले अन्य देशमा भएका क्यान्सरसम्बन्धी नयाँ नयाँ अनुसन्धान र प्रविधिबारे जानकारी भएको बताए। ‘यो सम्मेलनमा हामीले आ–आफ्ना देशका क्यान्सरसम्बन्धी उपचारको ज्ञान सिप आदानप्रदान गर्यौँ’, उनले भने।

राजधानीमा मार्च ७ देखि ९ सम्म भएको सम्मेलनमा  विशेषज्ञले क्यान्सरसम्बन्धी प्रस्तुति दिएका थिए। सम्मेलनकी साइन्टिफिक कमिटीका संयोजक डा. सन्ध्या चापागाईँले सैद्धान्तिक भन्दा पनि व्यावहारिक ज्ञानमा आधारित भएकोले सम्मेलन असाध्यै उपयोगी भएको बताइन्।  हरेक वर्ष हुने सम्मेलनमा यसपटक महिलाको क्यान्सरमा केन्द्रित भएको डा. सन्ध्याले जानकारी दिइन्। ‘महिलामा हुने क्यान्सरबारे छलफल र उपचार सेवाबारे बृहत् छलफल भयो’, उनले भनिन्। सम्मेलनमा रेडियसनसम्बन्धी विशेष कार्यशाला पनि गरिएको थियो ।

अन्य सहभागीले समेत सम्मलेनबाट धेरै कुरा सिक्न पाएको प्रतिक्रिया दिए। सम्मेलनमा उत्कृष्ट सोधपत्र अवार्ड परोपकार प्रसूति गृह र त्रिवि शिक्षण अस्पतालका चिकित्सकलाई प्रदान गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन