शिक्षण अस्पतालमा रूपान्तरण हुँदै ‘नारायणी’
वीरगञ्ज : नारायणी अस्पताललाई शिक्षण अस्पतालमा रूपान्तरण गर्ने तयारी भइरहेको छ। त्यसका लागि संरचना निर्माण गर्न वीरगञ्ज महानगरपालिका परवानीपुरमा १४ विगाहा जग्गा खोजिएको छ।
नारायणी अस्पतालको स्तरोन्नति र टिचिङ अस्पतालका लागि स्वास्थ्य मन्त्रालयले २० विगाह जमिन मागेको छ। पुरानाे ठाउँमा मुख्य अस्पताल यथावत रहने र परवानीपुरमा टिचिङ हस्पिटल, छात्रावास र आवास बनाउने योजना छ।
परवानीपुरस्थित कृषि सेड पछाडि र कृषि फर्म जाने रोडमा समेत गरी १४ विगाहा जमिन अस्पताललाई दिनेबारे छलफल भइरहेको सांसद् प्रदीप यादवले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पनि कुनै विवाद र विरोध नभएअस्पतालका लागि जग्गा सिफारिस गर्ने बताए। झण्डै १ अर्ब ७ करोडको योजनाका लागि संघ सरकारले २५ करोड बजेट विनियोजन गरिसकेको जानकारी उनले दिए ।
संघ सरकारकै बजेटमा नारायणीका लागि २५१ शय्याको अस्पताल भवन निर्माण हुँदैछ। मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकका अनुसार भवन निर्माणका लागि प्रदेश सरकारले पनि नारायणी अस्पताललाई पाँच करोड २५ लाख दिएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य